तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

काङ्ग्रेस रुपन्देही एकद्वारा बम राखिएको घटना प्रति ध्यानाकर्षण

 

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास नजिकै प्रेसर कुकर बम राखिएको घटनाप्रति काङ्ग्रेस क्षेत्र नम्बर एकले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

घिमिरेको निवास नजिकै तार जडित प्रेसर कुकर बम राखेर आतंकित पार्ने कार्यले सिङ्गो पार्टिलाईनै चिन्तित तुल्याएको भन्दै दुख ब्यक्त गरेको छ । क्षेत्रीय सभापति हिराबहादुर खत्रीले शनिवार बिज्ञप्ती निकालेर उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । यस्ता अपराधिक कार्य प्रति गहिरो दुःख व्यक्त गर्दै क्षेत्रीय समितिले यस घटनाको घोर निन्दा गर्दछ । खत्रीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद भएको खत्रीले बिज्ञप्ती मार्फत भनेका छन। यस घटनाप्रति सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकारलाई गम्भीर बन्न र घटनाको गम्भीर रुपमा अनुसन्धान गरि दोषीलाई कानुन बमोजिम कार्वाहीकालागि माग गर्दछौ, सभापति खत्रीले सरकारसङ्ग माग गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित