लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

बुटवल । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दैकांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका उपसभापती एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास पछाडि प्रेसर कुकर बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ । सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकार गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही सरकारसंग जोडदार माग गर्दछ ।’_ विज्ञप्तिमा भनिएको छ ।
सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको थियो ।
२ बैशाख २०८०

#प्रेस_विज्ञप्ति
नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका उपसभापती एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास पछाडि प्रेसर कुकर बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अपराधिक कार्य प्रति गहिरो दुःख व्यक्त गर्दै रुपन्देही कांग्रेस यस घटनाको घोर निन्दा गर्दछ ।

दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ । सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकार गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही सरकारसंग जोडदार माग गर्दछ । जय नेपाल !

  • रामकृष्ण खाण
    सभापति
    नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित