प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

बुटवल । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घर नजिक बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले एक विज्ञप्ति जारी गर्दैकांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका उपसभापती एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास पछाडि प्रेसर कुकर बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ । सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकार गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही सरकारसंग जोडदार माग गर्दछ ।’_ विज्ञप्तिमा भनिएको छ ।
सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको थियो ।
२ बैशाख २०८०

#प्रेस_विज्ञप्ति
नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका उपसभापती एवं सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निवास पछाडि प्रेसर कुकर बम भेटिएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अपराधिक कार्य प्रति गहिरो दुःख व्यक्त गर्दै रुपन्देही कांग्रेस यस घटनाको घोर निन्दा गर्दछ ।

दशकाैं लामो हिंसाबाट मुक्त भएर शान्तिपूर्ण ढंगले विकास र समृद्धिको यात्रामा अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद छ । सिङो पार्टी पंक्ति तथा जनप्रतिनिधिलाई त्रसित गराउने यस किसिमको घटनाप्रति सरकार गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही सरकारसंग जोडदार माग गर्दछ । जय नेपाल !

  • रामकृष्ण खाण
    सभापति
    नेपाली कांग्रेस जिल्ला कार्यसमिती रुपन्देही

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित