प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

सियारी गाउंपालिका अध्यक्षको घर पछाडि भेटियो कुकर बम

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडि प्रेसर कुकर बम फेला परेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो ।
बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउंमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित