प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

पाल्पाको तिनाउमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार विहान ट्वाइलेट गएका उनी लामो समयसम्म पनि बाहिर नआएपछि शंका लागेर उनकी श्रीमती मिना खत्रीले ट्वाइलेटको ढोकाबाट बोलाउन जाँदा भित्रबाट कुनै जवाफ नआएपछि ढोकाको चुकुल फोरेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका थिए । ट्वाइलेटमा पानी राखिएको ड्रममा टाउको डुबेको अवस्थामा लडिरहेको भेटेपछि प्रहरी चौकी दोभानलाई खबर गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित