मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पाल्पाको तिनाउमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शुक्रबार विहान ट्वाइलेट गएका उनी लामो समयसम्म पनि बाहिर नआएपछि शंका लागेर उनकी श्रीमती मिना खत्रीले ट्वाइलेटको ढोकाबाट बोलाउन जाँदा भित्रबाट कुनै जवाफ नआएपछि ढोकाको चुकुल फोरेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका थिए । ट्वाइलेटमा पानी राखिएको ड्रममा टाउको डुबेको अवस्थामा लडिरहेको भेटेपछि प्रहरी चौकी दोभानलाई खबर गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित