रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

९० लाख मूल्य पर्ने बीवाईडी एट्टो ३ कारको बिक्री

  • आजदेखि, नक्सालमा खोलियो नयाँ शोरूम
  • काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । नयाँ शोरुम खुलेसँगै कम्पनीले शनिबार सार्वजनिक गरेको एटो थ्री विद्युतीय कारको आधिकारिक ब्रिकी पनि आजबाट सुरु गरेको छ ।

    कम्पनीको ब्राण्ड एम्बास्डर तथा कलाकार हरिवंश आचार्यले नयाँ शोरुमको उद्घाटन गरेका थिए । याेसँगै ८९ लाख ९० हजार रुपैयाँ पर्ने एटो थ्री आजबाटै बिक्रीको लागि खुलाइएको छ ।

    कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४५० किलोमिटर रेन्ज दिनसक्छ ।यस गाडीमा ४४० लिटरदेखि १,३४० लिटरसम्मको बुट स्पेस, १२.८ इन्चको एडाप्टिभ रोटेटिङ मल्टिमिडिया कार्पेट, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम मिरर, वन-टक इलेक्ट्रिक टचगेट, टायर प्रेसर मनिटरिङ सिस्टम, डिराक अडियोयुक्त ८ ओटा स्पिकर, एनएफसी कार्ड की, पीएप २.५ एयर फिल्टर फिचर समावेश छ ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित