मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

विनाकुमारी बनिन् उत्कृष्ट उद्यमी

तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । सोमबार मणिग्राममा एक विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट १० जना उद्यमीहरूबाट सर्वोत्कृष्ट उद्यमी घोषणा गरी १ लाख नगद पुरस्कार समेत प्रदान गरिएको हो दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ भूपू शैनिक टोलमा रहेका विशाल पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी हुन ।

१० जना उत्कृष्ट उद्यमीबाट उनले सोमबार दिएको प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत निर्णयकले नम्बर प्रदान गरी उत्कृष्ट उद्यमीको रूपमा पुरस्कार प्रदान गरिएको दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए । उनका अनुसार उत्कृष्ठ उद्यमीलाई नगर पालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरी, सहित दायित्वका अध्यक्ष डा. पुकार मल्ल लगायतकाले पुरस्कार प्रदान गरेका हुन ।
गाउँमा कुखुरापालन, गर्दै आएकी उनले वि.सं. २०७८ सालदेखि ब्रोईलर कुखुरा, च्याउ खेती, बंगुरपालनलाई व्यवसायीकरण गरेकी गर्दै आएकी छिन् । एक सिजनमा च्याउ खेती गरेपछि अन्य समयमा यत्तीकै खाली छोड्नु भन्दा त्यसलाई सफा गरेर उनले च्याउ खेती गर्दै आएकी थिईन । एक सिजनमा सिजनमा कुल ४ लाख ६५ हजार रूपैयाँ लागतमा च्याउ खेती गरेकी पुनले त्यो सिजनबाट १२ लाख रूपैयाँ जती आम्दानी गर्न सफल भएको बताउँछन् ।

कार्यक्रममा निर्णायकको रूपमा कृषि विकास बैंक भैरहवा शाखा बरिष्ठ शाखा प्रबन्धक सिमा बन, एम्स कलेज बुटवलका प्रमुख दिपक ढकाल लगायतको निर्णायक मण्डल रहेको थियो । नयाँ उद्यमी घोषणाका लागि विगत ९ महिनादेखि दायित्वले विभिन्न कार्यक्रम, तालिम, गोष्ठी, उत्प्ररेणाका काम गर्दै आएको थियो । उत्कृष्ट १० मा छनौटमा परेका उद्यमीहरू यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले, चन्दा घिमिरे, भगवती बश्याल, बलराम काफ्लेले, राधेश्याम लोधले आ आफुले गर्दै आएको उद्यमको विषयमा प्रस्तुतीकरण गरेका थिए । उद्यमीहरू मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरूले १० ÷१० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित