प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्धारा बुद्धजन्मस्थलको भ्रमण

 

लुम्बिनी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । मंगलबार लुम्बिनी आएका उपप्रधान एंव गृहमन्त्री श्रेष्ठ सहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगले लुम्बिनी भ्रमण गरेका हुन ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गरे ।

विभिन्न कार्यक्रमका शिलशिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्तिदीपको अवलोकन गरे ।

त्यस्तै चिनिया विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरुको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित