लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठद्धारा बुद्धजन्मस्थलको भ्रमण

 

लुम्बिनी। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । मंगलबार लुम्बिनी आएका उपप्रधान एंव गृहमन्त्री श्रेष्ठ सहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगले लुम्बिनी भ्रमण गरेका हुन ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गरे ।

विभिन्न कार्यक्रमका शिलशिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैचा, शान्तिदीपको अवलोकन गरे ।

त्यस्तै चिनिया विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरुको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित