मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

ढाकाकुमार श्रेष्ठको अर्काे अडिओ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ। यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्काे भिडिओ टेप सार्वजनिक भएको हो।

दोस्रो अडिओ पनि कपुरबोट डटकमले सार्वजनिक गरेको हो। जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन्।

‘दुर्गाजीले मेरो अडिओ (अघिल्लो) को बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर’, अडिओमा ढाकाकुमारले भनेका छन्, ‘अब यो नहुने कुरालाई बढाएर के फाइदा?’

उनीसँग फोनमा बोल्ने व्यक्तिले भने अहिले आफू गाडीमा भएको र यस विषयमा पछि कुरा गरौँला भन्दै फोन राख्छन्। सार्वजनिक अडिओमा ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई फोन गरेको कुराकानी पनि छ। ढाकाकुमारका भाइ भन्ने व्यक्तिले दुर्गा प्रसाईंलाई भनेका छन्, ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो!’

यसपछि प्रसाईंले भनेका छन्, ‘यसमा मैले के गर्नुपर्छ त भन्नु न?’ प्रसाईंले अगाडि भनेका छन्, ‘मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त। बरु मैले कसरी सहयोग गर्न सक्छु भन्नु न!’

ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ‘जे भए पनि दाइले बीचमा पारे क्यार! लाटोसोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्‍यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित