प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

नेपालगन्जको एक होटलबाट चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए ।

सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो बोगटीले पोस्ट गरेका थिए । सो दृश्य नेपालगन्जको एक होटेलको हो ।

प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने एसपी राठौरले जानकारी दिए । नेपालगन्जमा युवा सङ्घको महाधिवेशन जारी छ । बोगटी बाँकेको चिसापानीबाट पक्राउ परेका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित