मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्थानीय तहका जनप्रतिनीधिहरु लाई अपाङ्गता समावेशी विकास सम्बन्धी तालिम

बुटवल, चैत । स्थानीय तहका प्रनिनिध तथा सरोकारवालाहरुका लागि एक दिने ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धी तालिम प्रदान गरिएको छ । तिलोत्तमा नगरपालिकामा दृष्टिविहिन महिला संघ नेपालको आयोजानमा तालिम प्रदान गरिएको हो । तालिम शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अपाङ्गताको हक अधिकार स्थापनाका लागि नगरपालिकाले जहिले पनि तयार रहेको बताए । उनले अपाङ्गता संमन्वय समिति गठन गरेर सोही अनुसारको योजनाबद्ध विकासमा आफु लागेको बताएका थिए । तिलोत्तमा वालमैत्री शासन व्यवस्था भएको नगरपालिका भएको भन्दै उनले कुनै पनि संरचना अपाङ्गता भैत्री भएको बताएका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरुको समाजमा पुर्नस्थापनका लागि आयआर्जन संग जोड्न जरुरीरहेको बताएका थिए ।
तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता नगर संमन्वय समितिको संयोजकको रुपमा समेत रहेको नाताले अपाङ्गता भएका व्याक्तिहरुको हक, हित र समाजमा पुर्नस्थापानका लागि जहिले पनि पहल गर्ने बताईन ।
कार्यक्रममा दृष्टिविहिन महिला संघका अध्यक्ष सिता सुवेदी, महासचिव अनिता सिग्देल लगायतले बोलेका थिए ।
महिला वालवालिका तथा समाजकाल्याण मन्त्रालयका उप सचिव निरा अधिकारीले कार्यक्रममा सहजीकरण गर्दै अपाङ्गता अधिकार, भएका व्यवास्थाको विषयमा प्रकाश पारेकी थिईन । तालिममा नगरापलिका निमत्ति प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, सामाजिक विकास शाखा प्रमुख शारदा भण्डारी, नगरकार्यपालिका सदस्य शुरेन्द्र श्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित