उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवलका घरधनी मृगेन्द्र कुमार शेरचनले व्यवसाय विस्थापित हुनबाट रोक्ने भन्दै घटाए घरभाडा

धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि मुख्य बजार क्षेत्रका घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिएर व्यापारीहरुको बिस्थापन रोक्ने सुरुवात गरेका छन् । आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा व्यवसाय गर्ने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिने घोषणा गरेका छन् ।

पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन असहज भएको अवस्थालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताए । उनले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताए । उनले व्यवसायीहरु धमाधम विस्थापित हुँदा पनि उएदोग बाणिज्य संघ र उपमहानगरपालिकाले ठोस पहल नगरेको गुनासो गर्दै त्यस्ता संघ संस्थाहरुले घरधनीहरुसंग समन्वय गरेर बजार टिकाउने उपाय खोज्नुपर्ने सुझाव दिए ।

शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गरेका थिए । शेरचनकोमात्र अमरपथ लाईनमा दर्जन बढी ब्यवसायिक सटरहरु संचालनमा छन् ।

आर्थिक मन्दी र राजधानीको स्थानान्तर पछि बुटवलका अधिकांस व्यवसायीहरु विस्थापित भएका छन् । त्यसैका कारण मुख्य बजार क्षेत्रमा ठुलो संख्यामा सटर खाली भइसकेका छन् । राजधानी स्थानान्तर पछि बुटवलमा भाडामा लागेका धेरै फ्ल्याटहरु पनि खाली हुन पुगेका छन् । भाडामा दिनकै लागि बैंकबाट ऋण लिएर घर बनाएका घरधनीहरुको घर खाली हुँदा ठुलो समस्या उत्पन्न भएको एक घरधनीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित