प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

भैरहवामा होटल छैनन् भन्ने बिमानस्थलका महाप्रवन्धकको त्यो अभिव्यक्ति !

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका विषयमा बिमानस्थल सन्चालनका बिषयमा बिमानस्थलका महाप्रवन्धकले गलत रिर्पोटीङ गरेपछि पत्रकार र महाप्रवन्धक बिच चर्काचर्की परेको छ।

बिमानस्थलको जानकारी लिन आएकी नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलाई बिमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले भैरहवा तथा विमानस्थल एयरपोर्ट आसपासमा प्रयाप्त होटल नहुंदा विमानस्थल सुचारु गर्न नसकिएको बताएका थिए।

पाण्डेले मन्त्रीलाई उक्त रिर्पोटिङ गरे लगत्तै त्यहा रहेका पत्रकारहरुले महाप्रवन्धक पाण्डेलाई थर्काएका थिए। पत्रकारहरुले आफ्नो गल्ती ढाक छोप गर्न भैरहवाको बारेमा गलत व्रिफिङ्ग किन? गरेको भनेर प्रश्न गरेपछि पाण्डे हायल कायल भएका थिए।

पत्रकारले पाण्डेको गलत ब्रिफिङ सच्याउनु पर्ने भन्दै प्रतिवाद गरेपछि उक्त रिर्पोटलाई सच्याउने बताएका थिए।
पाण्डेलाई पत्रकारहरुले लुम्बिनी र भैरहवा गरी करीब ५ हजार ब्यक्ति राख्न सक्ने क्षमताका होटलहरु भएको भन्दै बस्तुस्थी बुझेर मात्र ब्रिफिङ गर्न चेतावनी दिएका थिए।

होटल व्यवसायीहरु यस आसपासमा होटल तथा रेष्टुरेन्टहरुमा ३० अर्व भन्दा बढी लगानी भएको र विमानस्थललाई आधार बनाएर पछिल्लो समय होटलमा मात्र यहांका व्यवसायीले थप ४० अर्ब बढी लगानी गरेको बताउदै आएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित