रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले   देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताए ।

नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको सही सदुपयोग गर्नुपर्ने उनले प्रस्ताव राखे ।
कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समय अनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रुपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धाराशाही हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।

कार्यक्रममा संस्थागत धारणा राख्नुहुँदै अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित