रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

गुल्मीका दीपकलाई सीआईबीद्वारा सिंहदरबारभित्रैबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको छ ।सीआईबीको प्रहरी टोलीले बिहीबार सिंहदरबारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । न्यौपाने बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–४ घर भई न्यौपाने काठमाडौंको कलंकीमा बस्दै आएका छन् ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपियाँ जरिवाना ठहर गरेको छ ।कैद र जरिवाना ठहर भएपछि न्यौपाने फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित