रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

निजामती कर्मचारी युनियन रुपन्देहीले गर्यो शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन

 

बुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरेको छ।
शुक्रवार युनियनले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरिएको हो। नेपाली काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाण,युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि लगायतले बिमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले कर्मचारीहरुमा एकता कायम हुनुपर्ने बताउदै यसले कुनै कर्मचारी समस्यामा परेमा खम्बा बनेर उभिन मिल्ने बताए।
तिलोत्तमा नगरप्रमुख समेत रहेका खाणले नया वर्ष २०८० को शुभकामना दिदै आगामी वर्षमा देशको अर्थतन्त्र बलियो बनाउन सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का,काङ्ग्रेस बुटवल उपसभापति ज्यति भण्डारी,नविन पन्थि,ईश्वरी प्रसाद आचार्य,भगवति पन्थि,भोजराज न्यौपाने लगायतले बोलेका थिए।
कार्यक्रम टेकराज पन्थिको स्वागत तथा वालकृष्ण कडेल सचालनमा सम्पन्न भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित