तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होटल व्यवसायी रुपन्देहीद्वारा पत्रकार भुसाल सम्मानित

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित भएका छन् । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो ।

पर्यटनको क्षेत्रमा तथा होटल व्यवसायीहरुको पक्षमा कलम चलाएको भन्दै संघले स्थापना गरेको स्व. कालिदास स्मृती अक्षकोषबाट सम्मान गरिएको हो । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल तथा संघका अध्यक्ष रामप्रसाद गौतमले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरे । सम्मानित भुसाल संघका प्रेस सल्लाहकार तथा राज्य टेलिभिजनका समाचार प्रमुख हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित