मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

नेपालगन्ज  । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
बांकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलन लगायतका कामहरु करिब अन्तिम चरणमा पुगेका राष्ट्रिय युवा संघका लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले जानकारी दिए ।
महाधिवेशनबाट देशभरबाट दुईहजार बढी प्रतिनिधि सहभागी हुंदैछन् ।
महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले बताए । महाधिवेशनलाई हरेक हिसाबले ऐतिहासिक बनाउने पुरीले बताए । उदघाटन समारोहमा नेकपा एमालेका नेता कार्यकर्तासहित दशौं हजार जनता सहभागि बनाउने गरी तयारी भएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित