मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्रदेश सभामा सांसदहरुको जुहारी, मुख्यमन्त्री गिरी भने बैठकमा गएनन

बुटवल । लुम्बिनीमा झण्डै एक महिनापछि सोमबारबाट प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबार पनि बैठक बसेको छ । दुवै बैठकमा मुख्यमन्त्री लिला गिरि अनुपस्थित भएका छन्  । बैठकमा कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री गिरिको राजीनामा माग गरिरहेका छन । कांग्रेसका सांसद बसिउद्धिन खांले मुख्यमन्त्रीलाई सदन फेस गर्ने हैसियत नभएको बताउनुभयो । उनले सदन फेस गर्ने आट गिरी संग नभएकाले सवै विश्वास गुमाएको बताए । साथै उनले ५३ जना सांसदहरु आफ्नो गठबन्धनमा भएमो ३३ सांसद सहितको अल्पमतको सरकारले निर्लज्जतापुर्वक शासन गर्ने दुस्प्रयास गरिरहेको बताए ।
सांसद खांले बहिरगमन हुन लागेको सरकारलाई ठूलो निर्णय गर्न अधिकार नभएपनि सरकारले जथाभावि बजेट खर्च गरिरहेको आरोप लगाए । प्रदेश सभामा बोल्दै कांग्रेसका अर्का सांसद राजु खनालले धारा र उपधारा हेरेर अलमल नगर्न मुख्यमन्त्रीलाई सुझाब दिए ।
नेकपा एमालेका सांसद चिन्तामणि पाण्डेले बर्तमान सरकार स्वभाविक ढंगले बहिरगमन हुने बताए । सत्तामा जान साथीहरुलाई हतार भएको भएपनि यो सरकार स्वभाविक ढंगले बहुमत सिद्ध गर्न नसकेन बहिरगमन हुने बताए ।
एमालेका अर्का सांसद तुल्सी चौधरीले नैतिकता मुख्यमन्त्रीको गुमेको नभई सरकार गठन गरिपाउं भनि निवेदन दिनेको गुमेको बताए । साथै उनले सरकार गठनका बेला दिएको समथैन फिर्ता गरी सरकार गठनका लागि प्रदेश प्रमुखकोमा निवेदन लिएर जानु नैतिकता हिन भएको बताए ।
त्यस्तै उनले एमालेको सरकारले एक महिनाभित्र बहुमत सिद्ध गर्न नसके राजीनामा दिने बताए । तर विश्वासको मत नपाएपनि फेरि एमाले नेतृत्वको सरकार नै बन्ने चौधरीको दाबी छ । मुख्यमन्त्री गिरीले विश्वासको मत नपाए फर्केर १६८ को २ मा नगई उपधारा ३ मा जाने र सदनमा सबैभन्दा ठूलो दलले सरकार बनाउने अवसर पाउने उनको भनाई छ । प्रदेश सभाको अर्को बैठक वैशाख ९ गते बस्ने भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित