युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

‘लक्की ड्र’ मा ग्राहकलाई तीन करोडको उपहारको घोषणा

बुटवल । रुपन्देहीको तिलत्तमा नगरपालिकामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फुटको साढे २ तले घरदेखि राईस कुकर सम्म रहेका छन् ।

एन.जी. मार्केट कम्पनीले पत्रकार सम्मेलन गरेर योजना १ चैत २०६९ देखि ७ मङ्सिर २०८० (हरिबोधनी एकादशी) सम्म रहने जनाएको छ । कम्पनीका अध्यक्ष नारायण बन्जाडेले हरिबोधनी एकादशीको दिन लक्की ड्र खोलिने बताए ।

उनले यो उपहार योजना अन्तरगत एक जनालाई किया ब्राण्ड कार, एक जनालाई रोयल एनफिल्ड ३५० सिसिको मोटरसाईकल, एक जनालाई भेस्पा स्कुटर प्रदान गरिने बताए । त्यस्तैगरी १५ जनालाई एक टन क्षमताको एयर–कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राईस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने छ ।

कम्पनीका प्रबन्धक आवाश बन्जाडेले ‘लक्की ड्र’ प्रतियोगितामा सहभागी हुनको लागि दैनिक घरायसी सामान खरिद गर्दा एन.जी. मार्केटको ग्राहक सदस्यता लिनु पर्ने जानकारी दिए । त्यस्तै १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा ५ हजार रुपैयाँ बराबरको लुगा, कपडा तथा जुत्ताको खरिदमा लक्की ड्र कोड भएको कुपन उपलब्ध गराइने छ ।

त्यस्तै एन.जी. रेस्टुरेन्टमा एकपटकमा ५ हजारको खानपिन विलमा एउटा लक्की ड्र कुपन प्रदान गरिने छ । सामानको खरिदमा एउटै नम्बरका दुई वटा लक्की ड्र कोड युक्त कुपन ग्राहकलाई प्रदान गरिने छ । त्यसमध्ये एउटा लक्की ड्र बक्समा खसाल्नु पर्ने छ भने अर्को सुरक्षित साथ राख्नुपर्ने छ । उपहार हस्तान्तरण गर्दा लाग्ने कर भने विजेताले नै व्यहोर्नु पर्ने स्टोर इन्चार्ज दीपक भट्टराईले बताए ।

भारतको सुनौली जाने नेपाली उपभोक्तालाई लक्षित गरेर २ अर्बको लगानीमा अघिल्लो वर्ष वैशाख १ गतेदेखि एनजी मार्केट सञ्चालनमा आएको थियो । जसमा अहिलेसम्म ५० हजार उपभोक्ता आएका छन् भने २० हजार उपभोक्ता नियमित रूपमा आउने गरेको छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित