दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राविधिक शिक्षाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको अवलोकन गर्दै मुख्यमन्त्री गिरीले युग सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिए ।

‘हामीले आफै गरिखाने शिक्षामा जोड दिनुपर्दछ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने । पछिल्लो समय विदेशीने विद्यार्थीहरुको संख्या बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गिरीले माटो सुहाउँने खालको सीप प्रदान गर्नका लागि शिक्षालयहरुले ध्यान दिनुपर्ने बताए ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माणाधिन शिक्षालय भवनको अवलोकन गर्दै गिरीले अन्य आवश्यक संरचना निर्माण लगायतका कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना काम गरेको बताउँदै मुख्यमन्त्री गिरीले शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का र शिक्षालय प्रमुख वसन्त आचार्यले शिक्षालयका बारेमा जानकारी गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित