मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बृहत्तर लुम्बिनीबारे अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, साँस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरुले पुरातात्विक संरचनाको संरक्षण र दीगो संरक्षण, विकास र पर्यटनमा स्थानीयहरुलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका छन ।

छलफलपछि प्रस्तुत सुझाव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोले लागू गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा लुम्बिनीस्थित मायादेवी मन्दिरभित्रको पुरातात्विक संरचनाको विषयमा गहन रुपमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । उनकाअनुसार लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रको पुरातात्विक सम्पदा संरक्षण र दीगो विकासका सवालमा अन्तर्राष्ट्रिय विज्ञहरुले गहन छलफल गरेका थिए ।

संयुक्त राष्ट्र संघको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

समितिले पर्यटनसँग स्थानीयलाई जोडेर जीविकोपार्जनमा समेत सहयोग गर्न सुझाव दिएको छ । त्यसै गरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरणका लागि आवश्यक थप रणनीति बनाउनुपर्नेमा विज्ञ बैठकले जोड दिएको छ । यूनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ बैठक बस्दै आएको छ ।

समितिको छलफलमा विश्व केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. रविन कनिङहम, बरिष्ठ विश्व सम्पदाविद डंकन मार्शल, प्रा. डा. यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, यूनेस्कोका नेपाल प्रतिनिधि मिचाल क्राफ्ट, पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातात्वविद् बसन्त विडारी, बरिष्ठ बौद्व गुरु डा. लाम, वरिष्ठ ध्यान गुरु विवेकानन्दले सम्पदाका विषयको छलफलमा सहभागीता जनाएका थिए ।

त्यसै गरी लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव डा. सुरेश सुरस श्रेष्ठ, सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिति रहेको थियो । समितिको छलफल कार्यक्रम सन् २०२३ मार्च २७ देखि २९ तारिखसम्म लुम्बिनीमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित