रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलनको तयारी, ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता समेत हुने

लुम्बिनी । लुम्बिनीको प्रबद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व बौद्ध सम्मेलनको तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यका अनुसार आगामी बुद्ध जयन्तीका दिन सम्मेलनको तयारी गरिएको छ ।

‘विगत केही वर्षदेखि लुम्बिनीमा हुँदै आएको विश्व बौद्ध शिखर सम्मेलन रोकिएको छ’, उनले भने, ‘यसपटक बुद्ध जयन्तीका दिन सम्मेलन गर्ने गरी हामीले तयारी थालेका छौं ।’ सम्मेलन आगामी अक्टोबरमा हुने उनले जानकारी दिए ।

सम्मेलनमा विश्वका दर्जनौं देशलाई सहभागिताका लागि बोलाइने छ । यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन, विकास प्रचारप्रसारमा सहयोग पुग्ने विकास कोषले जनाएको छ । विगतमा भएका सम्मेलनले लुम्बिनीको गरिमालाई विश्वबजारमा थप उचाईम पुर्याएको थियो । कोरोना महामारीका कारण पछिल्ला वर्षमा उक्त सम्मेलन रोकिएको छ ।

खासगरी बौद्धिष्ट मुलुकहरुलाई प्राथमिकतामा राखेर शिखर सम्मेलनमा बोलाइने छ । नेपाल सरकारका उच्च अधिकारीसहित विश्वका उच्च तहका अधिकारी सम्मेलनमा सहभागी हुने सदस्यसचिव शाक्यले जनाए । भारत, चीन, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकलाई निमन्त्रणाको तयारी पनि गरिएको छ । तयारी स्वरुप कोषको बैठकले उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको नेतृत्वमा लुम्बिनी सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा शुक्रबार बसेको कोषको बैठकले विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले आगामी बुद्ध जयन्तीको अवसरमा बुद्ध संस्कृति अवलम्बन गर्ने सबैलाई निःशुल्क भिसा प्रदान गर्न नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको छ । बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको तर कुन–कुन मुलुक भनेर किटान भने गरिएको छैन ।

बैठकले लुम्बिनीमा हालै निर्मित अन्तर्राष्ट्रिय सभाहलमा केही दिन अघि परेको वर्षापछि पानी चुहिएकाले सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने निर्णय पनि भएको छ । अन्तर्राष्ट्रिय सभाहल गत वर्ष बुद्ध पूर्णिमाका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । निर्माण कम्पनीले मर्मत गरेर समस्या समाधान नगर्दासम्म भुक्तानी प्रक्रिया रोक्का राख्ने निर्णय भएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिने भएको छ । लुम्बिनीको थप प्रचारप्रसार र पर्यटकीय प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विजयीलाई पुरस्कारको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित