दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

तस्वीरमा हेर्नुस् – शितगंगामा ८ करोडको लगानीमा सञ्चालनमा आएको गुराँस जंगल रिसोर्ट

साहसिक मनोरन्जनात्मक खेल र कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अर्घाखांचीको शितगंगा नगरपालिकाको कुंडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ । २ जना कर्मचारी, १५ रोपनी जग्गा र ८० लाख लगानीबाट ३ बर्ष अघि सुरु भएको रिसोर्ट हाल सय रोपनी जग्गामा फैलिएर व्यवसायिकरुपमा सञ्चालनमा आएको हो ।

तराई र पहाडको संगम स्थल अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटेदेखि २ किलोमिटर माथि कुडुले भन्ने स्थानमा शान्त रमणीय स्थलमा आनन्दमय तरिकाले घुमघाम गर्नुका साथै विभिन्न अर्गानिक खानाका पारखीहरुलाई आफ्नै फार्ममा उत्पादित स्थानीय परिकारको स्वाद पस्कने लक्ष्य रहेको सञ्चालक नारायण भुसालले बताए ।

‘मुलुकको आर्थिक विकासको एक मात्र उपयुक्त माध्यम नै पर्यटन ब्यवसाय भएकाले कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने गरी रिर्सोटमा निकट भविष्यमा स्वीमिङ पुल फ्रिसिङ हाउस तथा बिभिन्न साहसिक खेलहरु थप गरी आनन्दमय तथा मनोरञ्जन स्थलका रुपमा विकास गर्ने लक्ष्य लिएका छौ’–भुसालले भने–‘समूहगत रुपमा आउने अतिथिहरुका लागि प्रतिब्यक्ति प्रतिदिन दुई हजारदेखि ८ हजारसम्म ५ प्रकारका आकर्षक प्याकेजहरुको समेत ब्यवस्था छ ।’

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टमा जीपलाइन, स्काई साइक्लिङ, स्काई क्याफे र नेपालमै पहिलोपटक स्काई बेड (तारमा झुण्डिएर सुत्ने बेड ), घोडचढी,
१० वटा वाताकुलित आवासीय कोठा र बाल उद्यान पनि रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए । आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरा पालन पनि गरेको रिसोर्टले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज संचालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा बिभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य लिएको छ ।

कृषि कलेजमा अध्ययन गरे पश्चात विद्यार्थीलाई स्वदेशमै कृषि उद्यम गर्न चाहेमा कालिज, रैथाने कुखुरा लौकाठका चल्ला तथा उन्नत जातका बाख्राका प्रजातिहरु उपलब्ध गराउने र उत्पादन भएका मासुजन्य पशुपंक्ष्ीा प्रा.लि.ले बजारीकरणको ब्यवस्था गरिदिने प्रालिका व्यवस्थापक गोपाल भट्टराईले बताए । रिसोर्टले हाल १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रकाश अर्यालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित