तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको म्याराथुन र राष्ट्रिय भेला लुम्बिनीमा हुँदै, तयारी अन्तिम चरणमा

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला र लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ती र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको भेला तथा प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिइएको हो । ०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ ।
लुम्बिनी पिस ओपन महिला तथा पुरुष आफ म्याराथुन प्रतियोगिता लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्यारथनको दुरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागि हुन चाहनेहरुले २० चैत सम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलको समेत उपस्थिती हुनेछ ।
म्याराथुन प्रतियोगितामा जिल्ला बाहिरका सहभागि खेलाडिहरुलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताए । म्यारथुन तर्फ प्रथम हुने पुरुषले १ लाख ५० हजार, द्धितिय हुनेले ७५ हजार, तृतिय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् । त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ हुनेलाई ५ हजार, नवौ र दशौं हुनेलाई ५÷५ हजार दिने उनले बताए । त्यसैगरी महिला तर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्धितिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई ५÷५ हजार दिने आयोजकले बताएको छ ।
त्यस्तै २३ गते हुनै विहान ११ बजे लुम्बिनीमा राष्ट्रिय भेला हुनेछ । उक्त भेलाको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन् । भेलामा जिल्ला, पालिका कमिटिका पदाधिकारी घोषणा, विभिन्न खेल विधाका डेमोस्टे«सन र विभिन्न कला संस्कृति झल्कने नृत्य प्रद्र्धशन गरिने कार्यालय सचिव विनोद आचार्यले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित