भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको म्याराथुन र राष्ट्रिय भेला लुम्बिनीमा हुँदै, तयारी अन्तिम चरणमा

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला र लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ती र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको भेला तथा प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिइएको हो । ०६६ पुस १७ गते स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ ।
लुम्बिनी पिस ओपन महिला तथा पुरुष आफ म्याराथुन प्रतियोगिता लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभा हल तथा मेडिटेसन सेन्टरमा हुनेछ । हाफ म्यारथनको दुरी २१ किलोमिटर हुनेछ । प्रतियोगितामा सहभागि हुन चाहनेहरुले २० चैत सम्म दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलको समेत उपस्थिती हुनेछ ।
म्याराथुन प्रतियोगितामा जिल्ला बाहिरका सहभागि खेलाडिहरुलाई आवासको व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष धुब्र आचार्यले बताए । म्यारथुन तर्फ प्रथम हुने पुरुषले १ लाख ५० हजार, द्धितिय हुनेले ७५ हजार, तृतिय हुनेले ५० हजार, चौथो हुनेले ३० हजार प्राप्त गर्नेछन् । त्यसैगरी पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ हुनेलाई ५ हजार, नवौ र दशौं हुनेलाई ५÷५ हजार दिने उनले बताए । त्यसैगरी महिला तर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी द्धितिय हुनेलाई ७५ हजार, तृतिय हुनेलाई ५० हजार, चौथो हुनेलाई ३० हजार, पाँचौ हुनेलाई २० हजार, छैठौ हुनेलाई १० हजार, सातौ हुनेलाई ७ हजार, आठौ, नवौ र दशौं हुनेलाई ५÷५ हजार दिने आयोजकले बताएको छ ।
त्यस्तै २३ गते हुनै विहान ११ बजे लुम्बिनीमा राष्ट्रिय भेला हुनेछ । उक्त भेलाको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन् । भेलामा जिल्ला, पालिका कमिटिका पदाधिकारी घोषणा, विभिन्न खेल विधाका डेमोस्टे«सन र विभिन्न कला संस्कृति झल्कने नृत्य प्रद्र्धशन गरिने कार्यालय सचिव विनोद आचार्यले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित