तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशल स्कूल घोषणा

बुटवल। मोफसलमा रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । ब्रिटिस व्यवस्थापन ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमा–१४ स्थित एकेडेमी क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय बनेको हो । विद्यालयका प्राचार्य जिम्मे शेर्पाले कक्षा ७ सम्मका लागि क्याम्ब्रिजमा रजिष्टर भएको बताए । शेर्पाले क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने बताए ।


‘क्याम्ब्रिज स्कूलमा आबद्ध १६० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ ।’ विद्यालयका विद्यार्थीले सातामा कुनै सामाजिक काम गर्नुपर्छ । क्याम्ब्रिज स्कूलमा आबद्ध भएपछि विद्यालयले शुक्रबार अभिभावकहरुको भेला समेत गरेर जानकारी गराएको थियो ।
विश्वस्तरको नेपाली हावापानी सुहाउदो शिक्षा दिने उद्देश्यले स्थापित एकेडेमीले छोटो समयमै उचाई प्राप्त गरेको विद्यालयका निर्देशक विष्णुप्रसाद भुसालले बताए । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलापका लागि हुक अफ इडनबरोका लागि अनुमति प्राप्त गरेको छ । विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन । ५ वर्ष अगाडि मोफसलमै अन्तराष्ट्रिय स्तरको रुपमा स्थापित एकेडेमीले छोटो समयमै उत्कृष्ट बन्दै गएको छ । विद्यालयले यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा ३१ जना विद्यार्थी सहभागी रहेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित