मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बायोपिक चलचित्र निर्माण कार्यशालाको तयारी पुरा, भैरहवामा संचारमन्त्री शर्माले उद्घाटन गर्ने

चन्द्र सूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा भएको वास्तविक जीवनीमा आधारित सिनेमा निर्माणका लागि ३ दिने कार्यशालाको तयारि पुरा भएको छ। सिद्दार्थनगर स्थित होटल एशियन बुद्धमा चैत्र १६ गते दिउसो १ बजे समुद्घाटन हुने सो कार्यशालाको लागि आमन्त्रितहरुको आगमन हुने क्रम जारि रहेको कार्यशालाका संयोजक चलचित्र निर्माता, निर्देशक तथा लेखक बिमल पौडेलले बताए।  भोली चैत्र १७ , १८ र १९ गते लुम्बिनीमा हुने ३ दिने कार्यशालालाई भब्य रुपमा सफल पार्न सबै पालिका, पर्यटन ब्यबसायी, होटेल ब्यबसायी, लुम्बिनी बिकाश कोष, चलचित्र पत्रकार संघ रुपन्देहीसंगको सहकार्यले अझै उत्साहित बनाएको उनले बताए। हरेक तवरले यहाँको चलचित्र क्षेत्र, पर्यताकिया क्षेत्र, समग्र लुम्बिनी प्रदेशको बिकाश र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र टिकाई राख्नका लागि यस्तो खाले कार्यक्रमको खाँचो रहेको संयोजक पौडेलले बताए ।
कार्यशालाका लागि चलचित्र पत्रकार संघ रुपन्देहीले चन्द्र सुर्य सिनेमासंग सम्पुर्ण संयोजन गरेको छ। देशभरिका ८ शाखाका चलचित्र पत्रकार नेपालका बरिष्ठ कलाकार सहित स्थानिय पालिकाका प्रतिनिधि, कलेजका बिद्यार्थी लगायत चलचित्र क्षेत्र संग सम्बन्धित व्यक्तिहरुको बाहुल्य उपस्थिति रहने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले बताए। कार्यशालामा चलचित्र निर्माण, जिबनिमा आधारित चलचित्रको ईतिहास र बर्तमान अवस्था, बुद्धको जीवनी संगत दर्शन, चलचित्र लेखन, सम्बाद ,पटकथा, पत्रकारिता सम्बन्धी बिशेष कक्षा निशुल्क रहने अध्यक्ष न्यौपानेले बताए।
कार्यशालाको शुक्रबार होटल एशियन बुद्धमा दिउसो १ बजे नेपाल सरकारका संचार,सुचना तथा प्रबिधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सो उद्घाटन कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सुपरस्टार अभिनेता भुवन केसी, अभिनेता सुनिल थापा, निर्देशक तथा लेखक राजेन्द्र सलभ, चलचित्र पत्रकार संघ नेपालका अधय्क्ष समिर बलामी, विभिन्न शाखाका प्रतिनिधी, पालिका प्रमुख तथा प्रतिनिधी र यसक्षेत्रका चलचित्र संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने कार्यक्रमका अध्यक्ष किसान पोख्रेलले बताए।

कार्यशालाको उद्घाटन पछि २ दिन सम्म कार्यशाला लुम्बिनीमा चल्नेछ। कार्यशालाको सहयोगीमा नेपाल पर्यटन बोर्ड, चलचित्र बिकास बोर्ड, चलचित्र पत्रकार संघ रुपन्देही, लुम्बिनी बौद्ध बिश्वबिद्यालय, लुम्बिनी बिकास कोष लागायतका रहेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित