मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमा नगरपालिकाको फोहोरमैला न्यूनिकरण पहिलो प्राथमिकतामा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोरमैला न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।
तिलोत्तमाले नगर क्ष्ँेत्रमा फोहोरमैला कम गर्न र वातावरण संरक्षण गर्ने प्रतिबद्धता जनाएको हो । यूएनडीपीको सहकार्यमा अन्तर्राष्ट्रिय शून्य फोहोरमैला दिवसको अवसरमा बिहीबार नगरपालिकामा आयोजित प्रतिबद्धता कार्यक्रममा नगर प्रमुख रामकृष्ण खा“णले विभिन्न आधार मार्फत प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले फोहोरमैला न्युनिकरण तथा व्यवस्थापनबारे नागरिकलाई शिक्षित गर्ने एवं जागरुकता अभियान संचालन गर्ने, तीन आर कम प्रयोग । पुन ः प्रयोग तथा चक्रीय प्रयोग ( रिसाइकल, रियुज र रिसाइकल) को अवधारणालाई बढावा दिई फोहोरमैलाको उत्पादन कम गर्ने, घर , व्यवसाय र उद्योगबाट उत्सर्जित फोहोरमैलाको श्रोत, वर्गाीकरण र कम्पोष्ट गर्ने अभ्यास लागु गर्ने, फोहोरको उचित व्यवस्थापन सुनिश्चित गर्न प्रभावकारी फोहोर संकलन र ढुवानी प्रणाली लागु गर्ने, फोहोर उत्पादन क मगर्न वातावरणमैत्री उत्पादन र प्याकेजिङ सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने बताए ।
नगर प्रमुख खांणले नगरले दैनिक २८ टन फोहोर उत्पादन गर्ने तथा यसले हरियाली, वनजंगल र वस्तीमा असर गर्ने कुरा सबैलाई विधिवत भएको बताए ।
कार्यक्रममा नगरपालीकका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जिरो वेस्ट नगरको लक्ष्य भएकले यसलाई पुरा गर्न पालीकामा फाहोर प्रशेधन केन्द्रस्थापना, गुट्खा प्रतिबन्ध, नो हर्न नगरपालीका, छाडा चौपाया व्यवस्थापन , २४ वटा बायो शौचालय, हरियाली प्रवद्र्धन कार्याक्रम, जन्मदिनमा वृक्षारोपण शान्त शहर, तिलोत्तमा नगरको विधी अपनँइरहेको बताए । युएनडिपीका लुम्बिनी प्रदेश संयोजक सुदिप अर्यालले देशमै यो दिवसमा प्रतिबद्धता व्यक्त गर्ने तिलोत्तमा नगरपालीका पहिलो भएको बताए । उनले तिलोत्तमाले वातावारण संरक्षणमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै आफुहरुले कार्यक्रम ल्याउंदा प्रभावकारी भइरहेको जनाए । अन्तर्राष्ट्रिय मानयता अनुसारकै फोहोरमैले व्यवस्थापनमा नगर अब्बल बनिरहेको छ, उनले भने, यसको निरन्तरताका लागि प्रतिबद्ध भएकामा पालीकालाई थप सहयोग गर्दै अघि बढ्नेछौं ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित