३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

भैरहवाबाट साताको दुई उडान गर्दै नेपाल वायुसेवा निगम

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले नियमित उडान गर्ने भएको छ। निगमले अप्रिलबाट लागु हुने गरी यो विमानस्थलबाट साताको दुईवटा उडान स्लट पाएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार साताको मंगलबार र विहीबार उडान गर्ने तालिका पाएको छ।

उनका अनुसार निगमले काठमाडौं-क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडान गर्नेछ। भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले भाडादर भने तय गरेको छैन। प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै केही महिना अघि काठमाडौं-दिल्ली उडानको स्लट काटेको थियो।

त्यो स्लट काटेपछि प्राधिकरण र निगमको नेतृत्वबीच विवाद पनि भएको थियो। त्यसपछि प्राधिकरणलाई समस्यामा पार्न निगमले काठमाडौं-दिल्ली- भैरहवा- काठमाडौं उडानको प्रस्ताव राखेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित