रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरपालिकाका अमिन दुई महिना निलम्बनमा

लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यापालिका बैठकले नगरपालिकामा कार्यारत अमिन सागर बेबारे विकलाई निलम्बन गरेको छ । गत चैत १४ गते बसेको कार्यपालिका बैठकले विकलाई दुई महिनाका लागि निलम्बन गरी आवश्यक छानविन गर्ने निर्णय गरेको हो । यस अघि २०७८ साल चैत २२ गते नगरपालिकाले विकलाई कार्य जिम्मेबारप्रति संवेदशील नभएको भन्दै सचेत समेत गराएको थियो ।

तर उनको कार्यशैलीमा कुनै पनि सुधार नआएको कारण उनलाई कारवाही गरिएको हो । उनले जग्गा नाँपजाँच र नक्सापासका लागि आएका सेवा ग्राहीहरूसंग घुस समेत लिएको उजुरी परेको थियो । उनले केही दिन पहिला जग्गा नाप जाँचका विषयमा वडा नम्बर १ का अध्यक्ष सुरज जयसवालसँग वादविवाद समेत गरी कार्यकक्षमा नै गाली गलौच र दुव्र्यवहार समेत गरेका थिए ।

उनलाई पटक-पटक सचेत गराउँदा समेत बारम्बार आचारहिनकाम गरेको, सेवा ग्राहीको गुनासो र पिरमर्कालाई वेवास्ता गर्ने गरेको र घुस समेत लिने गरेको कारण उनलाई कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित