‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सेल्फी लिँदै ओलीले भने- मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना ‘तेजरानी महल’

पाल्पा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालिगण्डकीको किनारामा अवस्थित रानीमहलको नाम ‘तेजरानी महल’ हुनुपर्ने भन्दै नयाँ बहस सिर्जना गरेका छन् ।

बुधवार बिहान पाल्पाको रानी महल भ्रमणमा पत्नी राधिका शाक्यसहित गएका ओलीले आफ्नो सेल्फी फेसबुक पेजमा पोस्ट गर्दै ‘तेजरानी महल’ लेखेका छन् ।

उनले त्यहाँ उपस्थित पत्रकार,नेता कार्यकर्ता र सर्वसाधारणसँग पनि उक्त दरबारको नाम तेजरानी महल हुनुपर्थ्यो भने ।

ओलीले भने– वास्तवमा यस दरबारको नाम तेजरानी महल भन्नुपर्ने रहेछ । खड्ग शमशेरले रानी तेजकुमारीको निधनपछि उनकै स्मृति र मायामा बनाएको हुनाले तेजरानी ठिक हो । यो वास्तवमै मृत्युपछि पनि माया अमर रहन्छ भन्ने अनुपम नमूना हो र ज्वलन्त उदाहरण हो । यसलाई हामीले बचाएर राख्नुपर्छ । यसको ऐतिहासिक महत्त्व छ ।

ओलीले तेजरानी महलसँग धार्मिक,सांस्कृतिक र भावनात्मक सम्बन्ध जोडिएको बताए । अरू यस्ता संरचनाहरू राजा महाराजाहरूले उपहारस्वरूप वा रानीहरू जीवित हुँदै बनाउने गरेको भए पनि तेजरानी महल मृत्युपछि माया व्यक्त गर्न बनेको हुनाले प्रेमको उत्कृष्ट नमूना रहेको बताए ।

तत्कालीन श्री ३ वीर शमसेरका भाइ खड्ग शमसेर जसले काका रणद्दीपको हत्यापछि शासनको नेतृत्व गर्न खोज्दा पाल्पा लखेटिएका थिए उनैले रानी तेजकुमारीको स्मृतिमा यो दरबार बनाएका थिए ।

विसं १९५० सालमा शिलान्यास भई ४ वर्षमा बनेको यो रानी महल विशाल चट्टानमाथि पश्चिमा शैलीमा निर्मित छ ।

युयान शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा सो दरबार बनेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित