३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् ।
बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे।
लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।
उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताए ।
प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताए ।
उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताए ।
कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित