लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बुटवल ७ का अव्यवस्थित बसोबासीले पाए लालपूर्जा

बुटवल । बुटवल ७ का ७ जना अव्यवस्थित बसोबासीले लालपूर्जा पाएका छन् ।
बुटवल उपमहानगरपालिकाको सिफारिशमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे।
लालपूर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए ।
उनले भूमि आयोगलाई आवश्यक जनशक्तिदेखि कार्यालय व्यवस्थापनमा समेत सहयोग गरेर बुटवल क्षेत्रका लालपूर्जाविहिनलाई लालपूर्जा दिलाउने बताए ।
प्रमुख पाण्डेयले बुटवलमा अहिले भूमि आयोगमा सिफारिश गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जा प्राप्त गर्न योग्य व्यक्तिलाई लालपूर्जा दिने गरी बुटवल उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताए ।
उनले बुटवल उपमहानगरपालिकाको निरन्तर पहलकै कारण लालपूर्जा वितरण गर्न सकिएको बताउँदै बाँकी क्षेत्रको लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढेको बताए ।
कार्यक्रममा बोल्दै वडा नं. ७ का अध्यक्ष पदमबहादुर थापाले ७ जनाले लालपूर्जा पाएको र बाँकीले पनि छिटै लालपूर्जा दिने गरी भूमि आयोगले काम गरिरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित