रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

बुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।
बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गरे । उनले दैनिक फोहोर संकलनका लागि नगरबाट गाडी र सरसफाईकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुगन्र्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिए ।


उनले फोहोरमैला फाल्ने, पशुपंक्षीको बध गरेपछि निस्केको फोहोर, बुंगुरसुंगुरको खोरको फोहोर र अन्य फोहोर खोलामा सिधै फाल्ने गरेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रण गर्न थालेको बताए।
उनले छिटै नै खोलाहरुमा फोहोर र अन्य सामग्री फाल्नेहरुलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताए ।
उनले स्वास्थ्यका लागि पनि नगरलाई सफा राख्नुपर्ने स्थानीयको समेत दायित्व रहेकाले गम्भीर बन्न सुझाव दिए ।
स्थानीयले खोलामा बंगुर सुंगुर, कुखुरा, हाँसजस्ता पशुपंक्षीको दिसापिसाब र फोहोर सिधै खोलामा फाल्ने गरेको र जसले दुगन्र्ध फैलाएको पाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरसफाई शाखालाई निर्देशन दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित