तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शान्ति नमुनामा शुभकामना कार्यक्रम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयबाट एसइइमा सरिक हुने विद्यार्थीहरुलाई आज सोमबार शुभकामना कार्यक्रम गरिएको छ ।
शान्तिबाट यस बर्ष एसइइ परीक्षामा सहभागी हुने ४ सय ६१ जना विद्यार्थीहरुको लागि विद्यालयको आयोजनामा शुभकामना कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराई, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, शिक्षक प्रतिनिधि चन्द्रकान्त पराजुली लगायतले विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए ।
यस्तै कक्षा १० का विद्यार्थीहरु पर्यत्न ज्ञवाली, अनिता पछाई, कामना ढकाल र श्रेया पंगेनीले आफ्नो अनुभव सहित धन्यवाद मन्तव्य राखेका थिए ।
कार्यक्रममा शान्तिबाट कक्षा १२ उत्तीर्ण गरी यस बर्ष एमविविएसमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीद्वय रेखा रेग्मी र सन्ध्या बस्ताकोटीलाई सम्मान समेत गरिएको थियो ।
कक्षा १० का संयोजक शेखर पौडेलको स्वागत तथा शिक्षक दिनेश खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित