तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भाडामा दिएरै भए पनि लुम्बिनीको सभाहल नियमित सञ्चालनमा ल्याउनुपर्छ–सांसद घिमिरे

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल लिजमा र्दिएर भए पनि नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई लिजमा दिएर भए पनि सभाहल नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा लुम्बिनी विकास कोषले सभाहल सञ्चालनमा ल्याउन नसक्ने उनको भनाइ थियो । संघीय सांसद घिमिरेले निजी क्षेत्रलाई लिजमा दिँदा एकातिर कोषको आम्दानी बढ्ने र अर्कोतिर लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जिकिरि गरे ।

‘लुम्बिनी विकास कोषको मर्म र भावनाविपरीत नहुने गरी स्पष्ट मापदण्ड बनाएर निजी क्षेत्रलाई लिजमा सभाहल सञ्चालन गर्न दिँदा अन्तर्राष्ट्रिय स्तरका ठूल्ठूला कार्यक्रम लुम्बिनीमा हुनेछन्’, सांसद घिमिरेले भने, ‘यसो गर्नसके लुम्बिनी घुम्न आउने पर्यटकको संख्या पनि बढ्नेछ ।’

नियमित सञ्चालन नहुँदा सभाहलको सञ्चालन खर्च व्यवस्थापनमा समेत कठिन हुनसक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

लुम्बिनीमा २०७४ सालको बुद्ध जयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रमस्थल भत्काएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही बेला ५ हजार जना क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउने घोषणा गरेका थिए । २०७५ वैशाख १७ गते बुद्ध पूर्णिमाका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन् ।

सभाहलको गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको सहभागितामा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

सभाहलमा ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिर इँटाको पर्खाल लगाइएको छ ।

छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधि जडान गरिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ । असिनापानीको आवाज आउँदैन । हलको भूईंमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित