रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनी सरकार अल्पमतमा, ६ दलले फिर्ता लिए समर्थन

बुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका छन् । त्यस अघि माओवादी सहित सहभागि साना दलका मन्त्रीहरुले राजिनामा दिएका थिए । माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका छन् । यो संगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीको सरकार अल्पमतमा परेको छ । गिरीले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।
संघमा बनेको नयाँ गठबन्धन अनुसार माओवादी सहितका साना दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । अब लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।
खासगरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दावी भएको बताइरहेका छन् ।
लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।
प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४, जनमत पार्टी र जसपाका ३र३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।
लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् ।
गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित