कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

अर्को निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दल २०८४ सालको आगामी आम निर्वाचनको तयारीमा लागिसकेको संकेत गरेका छन्।

कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा उक्त चुनावमा जतिसुकै मोर्चा र गठबन्धन बने पनि कांग्रसले एक्लै चुनाव लड्ने उनले बताए।

‘कांग्रेस आठ लाख पार्टी सदस्य र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको ठूलो पार्टी हो। यसलाई जरैबाट मजबुत बनाउनुपर्छ,’ उनले भने, ‘२०८४ सालको चुनावमा जति वटा मोर्चा बने पनि कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्छ र त्यसका लागि तयारी भइरहेको छ।’

उनले यति ठूलो पार्टीले अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा उनले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गर्दा गठबन्धनको खेलको विकास भएको बताए। यसै कारण उनले दलको बैठक भन्दा ३ गुणा बढी गठबन्धनको बैठकमा बस्नुपरेको उल्लेख गरे।

साथै उनले अहिले आफू मन्त्री बन्ने भन्दा पनि कांग्रेसलाई मजबुत बनाउन तर्फ लागेको बताएका छन्।

उनले भने, ‘म मन्त्री बन्न लागेको भन्ने कुरामा कुनै सत्यता छैन, म अहिले कांग्रेसलाई कसरी मजबुत बनाउने भन्नेमा मात्र केन्द्रित रहेको छु।’

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए। साथै उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे।

उनले भने, ‘सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ। आजभन्दा भोलिको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्नुपर्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित