‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

अर्को निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दल २०८४ सालको आगामी आम निर्वाचनको तयारीमा लागिसकेको संकेत गरेका छन्।

कांग्रेस क्षेत्रीय समितिले शनिबार भैरहवामा गरेको अन्तरक्रियामा उक्त चुनावमा जतिसुकै मोर्चा र गठबन्धन बने पनि कांग्रसले एक्लै चुनाव लड्ने उनले बताए।

‘कांग्रेस आठ लाख पार्टी सदस्य र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको ठूलो पार्टी हो। यसलाई जरैबाट मजबुत बनाउनुपर्छ,’ उनले भने, ‘२०८४ सालको चुनावमा जति वटा मोर्चा बने पनि कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्छ र त्यसका लागि तयारी भइरहेको छ।’

उनले यति ठूलो पार्टीले अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा उनले तत्कालीन नेकपा विभाजन र संसद विघटनले गर्दा गठबन्धनको खेलको विकास भएको बताए। यसै कारण उनले दलको बैठक भन्दा ३ गुणा बढी गठबन्धनको बैठकमा बस्नुपरेको उल्लेख गरे।

साथै उनले अहिले आफू मन्त्री बन्ने भन्दा पनि कांग्रेसलाई मजबुत बनाउन तर्फ लागेको बताएका छन्।

उनले भने, ‘म मन्त्री बन्न लागेको भन्ने कुरामा कुनै सत्यता छैन, म अहिले कांग्रेसलाई कसरी मजबुत बनाउने भन्नेमा मात्र केन्द्रित रहेको छु।’

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए। साथै उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे।

उनले भने, ‘सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ। आजभन्दा भोलिको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्नुपर्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित