भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी प्रदेशका ४ स्थानमा सेरामिक्स टायल उद्योग सञ्चालन हुँदै, १० अर्ब ६७ करोड लगानी

आर्थिक मन्दीले निराशा छाइरहेका वेला लुम्बिनी प्रदेशका ४ स्थानमा सेरामिक्स उद्योग सञ्चालनमा आउँने भएका छन् । बर्दिया, कपिलबस्तु र भैरहवामा ४ वटा उद्योगहरु सञ्चालनमा आउन लागेका हुन । यी उद्योगमा कुल लगानी १० अर्ब ६७ करोड रहेको छ ।

मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्ससँगको सझोदारीमा रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा उद्योग लगाइरहेको छ । १३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको टायल उद्योगमा दुई अर्ब लगानी हुने मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले जानकारी दिए । ‘हामीले २०२३ भित्रै उत्पादन बजारमा ल्याउने गरी प्लान्ट लगाउने काम गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेको संकटमा उद्योगमा लगानी गरेर स्वदेशी तथा विदेशी लगानीकर्तामाझ सकारात्मक वातावरण बनाउन खोजेका हौँ ।’

यस्तै, रमेश कर्प र कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा भैरहवामा ‘कजरिया रमेश टायल्स’ उद्योग खुल्दै छ । सन् २०२३ भित्रै उत्पादन थाल्ने लक्ष्यसहित उद्योगको पूर्वाधार निर्माण भइरहेको छ । चार अर्ब लगानी हुने उद्योगमा रमेश कर्प र कजरियाको ५०–५० प्रतिशत लगानी (हिस्सा) रहनेछ । भैरहवामा १० बिघा जग्गामा उद्योगको प्लान्ट निर्माण भइरहेको रमेश कर्पले जनाएको छ ।

बर्दियाको गुलरिया नगरपालिकामा करिब चार अर्ब लगानीमा लुम्बिनी सेरामिक्स उद्योग खुल्ने भएको छ । उद्योग सञ्चालनका लागि उपयुक्त जग्गा खोजी भइरहेको सञ्चालकले बताए । यस उद्योगले पनि वार्षिक दुई करोड ८० लाख पिस टायल उत्पादन गर्ने प्रस्ताव गरेको विभागले जनाएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा मेक्सो टायल्स उद्योग सञ्चालनमा आउने भएको छ । ६६ करोड ७९ लाख रुपैयाँ लगानी गरेर टायल उद्योग सञ्चालनमा ल्याउने विभागमा प्रस्ताव गरिएको छ । यस उद्योगले फ्लोर टायल्स एक करोड ६० लाख पिस र वाल टायल्स एक करोड २५ लाख पिस उत्पादन गर्ने जनाएको छ ।

स्वदेशी कच्चा पदार्थ

सेरामिक्स टायलमा प्रयोग गरिने प्रमुख कच्चा पदार्थ माटो हो । नेपोभिट टायलमा ५० प्रतिशतभन्दा बढी माटो स्वदेशकै प्रयोग गरिएको उद्योगको दाबी छ । यस्तै, मुरारका र सोमानीको संयुक्त लगानीमा खुल्ने उद्योगमा पनि स्वदेशी कच्चा पदार्थको प्रयोगलाई प्राथमिकता दिइने बताइएको छ । ‘टायल उत्पादनका लागि चाहिने ४० प्रतिशत स्वदेशमै भेटिएको छ, भविष्यमा शतप्रतिशत कच्चा पदार्थ नै स्वदेशी प्रयोग गर्ने हो,’ मुरारकाले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित