कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा

लुम्बिनी प्रदेशमा एमालेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी संसदिय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । दिनभर जसो छलफल चलिरहेपनि बैठकले कुनै पनि निर्णय लिन सकेन ।
सत्ताको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै विहिबार दलको बैठक बोलाइएको थियो । तर समर्थन फिर्ता लिने वा यहि सरकारलाई निरन्तरता दिने विषयमा कुरा नमिल्दा बैठकले कुनै पनि निर्णय नगरेको हो ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले केन्द्रको निर्णय कुरेर थप निर्णय गर्ने भन्दै आज कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ ।
संघको निर्देशन पछि मात्र लुम्बिनीमा समर्थन फिर्ता लिने बारे निर्णय लिईने माओवादीले जनाएको छ । केही सांसदहरुले तत्काल नयाँ सरकार बनाउँदा पनि आफूहरुले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा रहेको एक सांसदले बताए ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता भन्दापनि माओवादीभित्रैकै विवादका विषय बढी उठेको माओवादी केन्द्रका एक नेताले बताए । लुम्बिनीमा संसदीय दलका नेता नै फेर्नेगरी असन्तुष्ट सांसदहरुले पार्टी केन्द्र र प्रदेश अध्यक्षलाई पत्र बुझाएको स्रोतले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित