‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा

लुम्बिनी प्रदेशमा एमालेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी संसदिय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । दिनभर जसो छलफल चलिरहेपनि बैठकले कुनै पनि निर्णय लिन सकेन ।
सत्ताको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै विहिबार दलको बैठक बोलाइएको थियो । तर समर्थन फिर्ता लिने वा यहि सरकारलाई निरन्तरता दिने विषयमा कुरा नमिल्दा बैठकले कुनै पनि निर्णय नगरेको हो ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले केन्द्रको निर्णय कुरेर थप निर्णय गर्ने भन्दै आज कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ ।
संघको निर्देशन पछि मात्र लुम्बिनीमा समर्थन फिर्ता लिने बारे निर्णय लिईने माओवादीले जनाएको छ । केही सांसदहरुले तत्काल नयाँ सरकार बनाउँदा पनि आफूहरुले मुख्यमन्त्री नपाउने अवस्थामा अहिलेकै सरकारलाई निरन्तरता दिने आवाज उठेको छ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा रहेको एक सांसदले बताए ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता भन्दापनि माओवादीभित्रैकै विवादका विषय बढी उठेको माओवादी केन्द्रका एक नेताले बताए । लुम्बिनीमा संसदीय दलका नेता नै फेर्नेगरी असन्तुष्ट सांसदहरुले पार्टी केन्द्र र प्रदेश अध्यक्षलाई पत्र बुझाएको स्रोतले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित