दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

भैरहवा बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेको प्यानल बिजयी भएको छ ।

अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले ५ सय ५१ मत लिएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि अखिल क्रान्ति कारी र राप्रपा बिसंघ गठबन्धनका साझा उम्मेदवार मनिष ढकालले ३ सय ९८ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा अनेरास्ववियुका शनि कलवार ४ सय ५० मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारी र राप्रबि संघका सलमान खांले ३ सय ४० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष अनेरास्ववियुका मनोज पन्थले ५ सय ४५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनकै राम मिलन बरइले ३ सय ६४ मत प्राप्त गरेको भैरहवा बहुमुखी क्याम्पस स्ववियु निर्बाचन समितीका सदस्य सचिब पिताम्बर तिवारीले जानकारी दिए ।

त्यसैगरी ८ सदस्य पदमा समेत अनेरास्ववियुकै बिजयी भएका छन । प्रेम शंकर यादव ५ सय ४९, स्वेता कुमारी हरिजन ५ सय ६३, सुमन कुमारी शुक्ला ५ सय १३, राजन शुक्ला ५ सय ३३, आशिस पन्त ५ सय ४२, शैलेश यादब ५ सय २८, मनोज कुमार यादब ५ सय ३१, मोहित चौधरी ५ सय २८ मत प्राप्त गरी बिजयी भएका छन् ।

३ हजार २ सय २९ मतदाता रहेकोमा जम्मा १५ सय ८२ मत खसेको थियो । संगठनले प्राप्त गरेको मतका आधारमा उपाध्यक्ष, सह सचिब र सदस्य पदमा समानुपातिकरुपमा चुनिनेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित