‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

भैरहवा बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेको प्यानल बिजयी भएको छ ।

अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले ५ सय ५१ मत लिएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि अखिल क्रान्ति कारी र राप्रपा बिसंघ गठबन्धनका साझा उम्मेदवार मनिष ढकालले ३ सय ९८ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा अनेरास्ववियुका शनि कलवार ४ सय ५० मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारी र राप्रबि संघका सलमान खांले ३ सय ४० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष अनेरास्ववियुका मनोज पन्थले ५ सय ४५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनकै राम मिलन बरइले ३ सय ६४ मत प्राप्त गरेको भैरहवा बहुमुखी क्याम्पस स्ववियु निर्बाचन समितीका सदस्य सचिब पिताम्बर तिवारीले जानकारी दिए ।

त्यसैगरी ८ सदस्य पदमा समेत अनेरास्ववियुकै बिजयी भएका छन । प्रेम शंकर यादव ५ सय ४९, स्वेता कुमारी हरिजन ५ सय ६३, सुमन कुमारी शुक्ला ५ सय १३, राजन शुक्ला ५ सय ३३, आशिस पन्त ५ सय ४२, शैलेश यादब ५ सय २८, मनोज कुमार यादब ५ सय ३१, मोहित चौधरी ५ सय २८ मत प्राप्त गरी बिजयी भएका छन् ।

३ हजार २ सय २९ मतदाता रहेकोमा जम्मा १५ सय ८२ मत खसेको थियो । संगठनले प्राप्त गरेको मतका आधारमा उपाध्यक्ष, सह सचिब र सदस्य पदमा समानुपातिकरुपमा चुनिनेछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित