तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवामा मनाइयो विश्व दृष्टि विशेषज्ञ दिवस (तस्वीरहरु)

बुटवल । विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा रुपन्देहीको भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो । ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा रण अम्बिका शाह आँखा अस्पतालमा कार्यरत तथा लुम्बिनी प्रदेशका दृष्टि विशेषज्ञ तथा विद्याथीहरु सहभागि थिए । प्रभातफेरी अस्पतालबाट सुरु भई देवकोटा चौक बैकरोड, निर्वाणा होटल हुदै पुनः अस्पतालमा आएर कोण सभामा परिणत भएको थियो । सो अवसरमा बोल्दै डा. अमित केसीले आँखामा सानो हेलचेक्रयाई गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै लुम्बिनी प्रदेश दृष्टि विशेषज्ञ संघका अध्यक्ष प्रभात जि.सी. आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिस डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने बताए। मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसले आँखाको उपचार नियमित रूपमा गर्नुपर्ने उनको भनाई थियो । त्यस्तै कोण सभामा विश्वास भण्डारी, हिरा शाह, सुजल भण्डारी लगाएतले बोल्दै मानिसलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए ।
सोही अवसरको उपलक्ष्यमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पतालमा उपचारार्थ आएका आँखाका बिरामीहरुलाई लक्षित गरी आँखा स्वास्थ्य सम्बन्धित जनचेतनामूलक कार्यक्रम समेत आयोजना भएको थियो । उक्त कार्यक्रमा उपस्थित ४० जना सहभागीहरुले आँखा दान समेत गरेको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित