दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

पक्लिहवा क्याम्पस चुनाव : सिरिन्जमा मसी हालेर मतपेटिकामा राख्दै गरेका ढकाल प्रहरीको नियन्त्रणमा !

रुपन्देहीको भैरहवास्थित पक्लिहवा क्याम्पस (कृषि क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानका क्रममा एक बिद्यार्थीले मतपेटिकामा मसी हालेका छन् ।बिद्यार्थी रबिन ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्दै गर्दा प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

कृषि क्याम्पसमाअखिल (अनेरास्ववियु) र नेविसंघको गठबन्धनबाट प्रविन बस्याल र स्वतन्त्र उम्मेदवार सुवाष भुसालले अध्यक्ष पदको उम्मेदवार छन् ।

मतदानको क्रममा अखिल क्रान्तीकारीका ढकालले सिरन्जमा मसी हालेर मतपेटिकामा राख्ने प्रयास गरे पनि निर्वाचन र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

निलो मसीले भरिएको सिरन्ज भित्री बस्त्रमा लुकाई छिपाई ढकालले मतदान केन्द्र सम्म पु¥याएका थिए, मतदान गर्नमा बढि समय लागेको र स्वरुपमा अस्वभाविक देखिएपछि खटिएको टोलीले चेकजाँच गर्दा सिरन्ज भेटिएको निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए ।

मतपेटिकमा हाल्ने प्रयास गरेपनि १-२ थोपा मसी मतपत्रमा परेको हुन सक्छ, अहिले शान्तिपूर्ण रुपमा हल भित्र २ ठाँउमा मतगणना भइरहेको छ, सामानुपतिक र प्रत्यक्ष तर्फको मतगणना भइरहेको खनालले भने ।

पक्राउ परेका ढकाल अखिल क्रान्तीकारीको तर्फबाट अध्यक्ष पदको लागि मनोनयन गरे पनि उम्मेदवारी फिर्ता लिएको नेविस‌घका सभापति सन्दीप पाण्डेले नागरिक अनलाइलाई बताए । ढकाललाइ जिप्रकाले अहिलेपनि नियन्त्रणमा राखिरहेको नेविसंघ पक्लिहवाका निवर्तमान सभापति सन्देश भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित