३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो । यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो । सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने उल्लेख छ ।

May be an image of text

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित