
बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले रहेपनि दोस्रो हाफमा नेपाल पुलिस क्लवले १ गोल गर्दै खेललाई २–१ को स्थितीमा पुराएको छ । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरे ।
मनाङ मस्र्याङदीका लागि पहिलो गोल खेलको ३१ औं मिनेटमा प्रशन्न श्रेष्ठले गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरे ।