३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

तिलोत्तमा गोल्डकपः पाँचौ पटक उपाधि चुम्नबाट नेपाल पुलिस क्लव बञ्चित

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट बाहिरिएको हो ।
मनाङ मस्र्याङदीका लागि पहिलो गोल खेलको ३१ औं मिनेटमा प्रशन्न श्रेष्ठले गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गोल गर्दै टिमलाई २–० बनाएका थिए । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरे ।बांकी समयमा कुनै पनि गोल हुन सकेन र खेल मनाङ मस्र्याङदीले जित्न सफल भयो ।
मनाङ मस्र्याङदी संग पराजित भए संगै नेपाल पुलिस क्लव पाँचौ पटक तिलोत्तमा गोल्डकप उपाधि चुम्नबाट बञ्चित भएको थियो । नेपाल पुलिस क्लवले ०३५ सालमा प्रथम तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो । त्यो बेला क्लवको नाम महेन्द्र पुलिस क्लव थियो । त्यस्तै ०५१ सालमा नवौ, ०५२ सालमा दशैं र ०५५ सालमा तेह्रौ तिलोत्तमा गोल्डकप गरी ४ पटक उपाधि जिति सकेको छ ।
नेपाल पुलिस क्लव २० औं र २१ औं तिलोत्तमा गोल्डकपको उप विजेता समेत हो । २० औं तिलोत्तमा गोल्डकपमा थ्रि स्टार संग २–० ले पराजित भएको थियो । त्यसैगरी ०७५ सालमा भएको २१ औं तिलोत्तमा गोल्डकपमा विदेशी टिम डाफिस फेमली संग सडन डेथमा पराजित भएको थियो । मनाङ मस्र्याङदीले भने अहिले सम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको थिएन ।
प्रतियोगिता अन्तगर्त बुधबार पहिलो सेमिफाईनल खेलमा सुदुरपश्चिम ११ले थ्रि स्टार क्लव संग प्रतिस्पर्धा गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित