मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जातीय विभेद/छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधा घण्टा विरोध प्रदर्शन गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटी चोकमा आयोजित प्रदर्शनमा बोल्ने सहभागिले जातीय विभेद/छुवाछुत मानवता विरुद्धको अपराध भएको उल्लेख गरेका छन् । उनीहरुले समतामूलक समाज निर्माणका लागि सबै एकजुट बन्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुटका घटनामा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको संबैधानिक ब्यवस्थालाई अनिवार्य कार्यान्वयन गरि सामाजिक न्याय र समतामूलक समाज निर्माणार्थ प्रतिबद्ध रहेको बताए । उनले संबैधानिक अधिकारका लागि सबैको सहकार्य जरुरी हुने उल्लेख गरे ।

संविधानसभाका सदस्य बिनोद पहाडीले कानुनको पालना गर्नु नै सबैको दायित्व भएको र अझैपनि जातीय विभेद÷छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए ।

शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले छुवाछुतको मान्यता समाजले नै जर्बजस्त स्थापित गरेकोमा आपत्ति जनाउँदै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

समाजका सभापति खिमप्रसाद भट्टराई (कृष्ण)ले विभेदका घटनाका दोषीमाथि कारबाही नभएको भन्दै तिन तहकै सरकारले यसको जवाफ दिनुपर्ने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल, राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष बिनोद परियार, शान्ति समाजका जिल्ला उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे, कार्यक्रम संयोजक लिलाधर लुइटेल लगायतले बोल्दै सबै प्रकारका असमानता र सामाजिक बिभेद अन्त्यको लागि सामुहिक पहल गर्नुपर्ने र कानन अनुसार कारबाही गर्नुपर्ने उल्लेख गरे ।

प्रदर्शनमा अधिकारकर्मी, अभियान्ता, सरोकारवाला तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित