३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

जातीय विभेद/छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधा घण्टा विरोध प्रदर्शन गरेको हो ।

तिलोत्तमा नगरपालिका वडा न ३ योगिकुटी चोकमा आयोजित प्रदर्शनमा बोल्ने सहभागिले जातीय विभेद/छुवाछुत मानवता विरुद्धको अपराध भएको उल्लेख गरेका छन् । उनीहरुले समतामूलक समाज निर्माणका लागि सबै एकजुट बन्नुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुटका घटनामा शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको संबैधानिक ब्यवस्थालाई अनिवार्य कार्यान्वयन गरि सामाजिक न्याय र समतामूलक समाज निर्माणार्थ प्रतिबद्ध रहेको बताए । उनले संबैधानिक अधिकारका लागि सबैको सहकार्य जरुरी हुने उल्लेख गरे ।

संविधानसभाका सदस्य बिनोद पहाडीले कानुनको पालना गर्नु नै सबैको दायित्व भएको र अझैपनि जातीय विभेद÷छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए ।

शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले छुवाछुतको मान्यता समाजले नै जर्बजस्त स्थापित गरेकोमा आपत्ति जनाउँदै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

समाजका सभापति खिमप्रसाद भट्टराई (कृष्ण)ले विभेदका घटनाका दोषीमाथि कारबाही नभएको भन्दै तिन तहकै सरकारले यसको जवाफ दिनुपर्ने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल, राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष बिनोद परियार, शान्ति समाजका जिल्ला उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे, कार्यक्रम संयोजक लिलाधर लुइटेल लगायतले बोल्दै सबै प्रकारका असमानता र सामाजिक बिभेद अन्त्यको लागि सामुहिक पहल गर्नुपर्ने र कानन अनुसार कारबाही गर्नुपर्ने उल्लेख गरे ।

प्रदर्शनमा अधिकारकर्मी, अभियान्ता, सरोकारवाला तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित