तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नवराज दीलिप स्मृति दिवसका अवसरमा रक्तदान

बुटवल । नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीले नवराज दीलिप स्मृति दिवसका अवसरमा रक्तदान गरेको छ । सोमबार हेभी इक्युपम्यन्ट डिभिजन कार्यालय बुटवलको परिसरमा भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको कार्यक्रम उपसमिति सदस्य गुणाखर पाणडेले जनाकारी दिए ।

रक्तदान प्रारम्भ गर्दै नेपाल निजामती कर्मचारी संगठनका लुम्बनी प्रदेश इन्चार्ज दधिराम मरासिनीले निजामती कर्मचारीले समाजिक सेवालाई नै जीवनको अभिन्न अंग बनाई रहेको स्मरण गरे ।

संगठनका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज नारायण भण्डारीले कर्मचारीहरू समाजिक उत्तरदायित्व बोध गरी काम गरिरहेको बताए ।

संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षता, उपसमिति संयोजक मालती देवि पौडेलको स्वागत र जीवन पौडेलको संचाल भएको रक्तदान कार्यक्रममा निजामती कर्मचारी, नियमित रक्तदाता तथा सर्वसाधारणहरूले रक्तदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित