रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

नेपाल एयरलायन्स द्वारा भैरहवाबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने तयारी

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अब मलेसिया र नयाँ दिल्लीमा उडान हुने भएको छ । राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले भैरहवा बाट उडानको तयारी गरे संगै अब मलेसिया र नयाँ दिल्लीमा उडान हुने भएको हो । भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरि तयारी वायुसेवा निगमले गरेको छ ।

बैशाख तेस्रो साता भित्र उडान सुरु गर्ने योजना उसको रहेको छ। उडानका लागि निगमले यहि हप्ता उडान तालिका सार्बजनिक गर्ने बताइएको छ ।
यस अघिनै निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको भएपनि अहिले सम्म उडान भने गर्न सकेको छैन् ।

निगमले काठमाडौंबाट मलेसियाको क्वालाम्पुर,क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने तयारी छ। भैरहवाबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरुको कमि देखिएकाले अहिलेलाइ काठमाडौंबाट उडान गर्ने र मलेसियाबाट भैरहवा एकतर्फी उडान गर्ने तयारी निगमको छ। मलेसिया बाट भैरहवा आउने निगमको जहाज भैरहवा बाटै दिल्ली र दिल्ली बाट काठमाडौ उडान भर्ने तयारी निगमको छ ।

हाल निगम सँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेको छ।

हाल गौतमबुद्धबाट जजिरा एयरलाइन्सले मात्र कुबेतमा उडान गर्दै आएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालन भएको केही समयपछि हिमालय एयरलाइन्सले भैरहवा बाट मलेसियामा चार्टर्ड उडान गरे पनि प्राबिधिक कारणले भन्दै उडान स्थगित गरेको करिब ३ महिना भएको छ । जजिराले पनि मौसम खराबी भन्दै रोकेको उडान फागुन अन्तिम बाट पुन सुरु गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित