रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित (मतपरिणम सहित)

लुम्बिनी प्रदेशकै जेठो र ठूलो आंगिक क्याम्पस बुटवल बहुमुखीमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ ।

तीन दशकदेखिको आफ्नो विरासतलाई कायम राख्दै क्याम्पसमा अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण सदस्य निर्वाचित भएका हुन् ।

सोमवार सार्वजनिक अन्तिम मत परिणामअनुसार अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का सागर पौडेलले ४७४ मत ल्याए ।

त्यसैगरी सचिव पदमा अनेरास्वियुका नीलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम् प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन्

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएको भएका छन् ।

कूल ७ हजार ११० मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो । बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित