बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

नेवा पुच सेवा समिति १४ औं वर्षमा प्रवेश, पत्रकार दिनेश श्रेष्ठ सम्मानित

नेवारी संस्कार संस्कृति संरक्षणसँगै सामाजिक कार्यमा अग्रसर रहेको नेवा पुच सेवा समितिको १४ आंै वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बीच समाजसेवी रबिन्द्र गोपाल लाकौलले उद्घाटन गरेका छन् ।

कार्यक्रममा नेवार दे दबु केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं ९ का प्रदिप श्रेष्ठले ब्यापारिक र आर्थिक रुपमा समाज रुपान्तरणमा नेवार समुदायको योगदान दिएको बताए । कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थागत रुपमा संस्कार, संस्कृति संरक्षणको अभियान निरन्तर चलाइदै आएको बताए । कार्यक्रममा समितिका सल्लाहकार नवराज श्रेष्ठले १४ वर्षको अवधिमा भवन निर्माण, धिमे बाजा सिकाउने, विभिन्न सामाजिक गतिविधिमा अग्रसरता देखिएको बताए ।

कार्यक्रममा समितिका सचिव शारदा श्रेष्ठ, कोषाध्यक्ष दल बहादुर श्रेष्ठ, महिला समितिका अध्यक्ष तारा श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठले अक्षय तृतिय, जाईजात्रा, नेवारी खाजा महोत्सव, कैता पुजा, युवाहरुलाई धिमे बाजा सिकाउने, नेवारी भाषा कक्षा चलाएर संस्कृति जगेर्नाको काममा संस्थाको अभियान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा संचार क्षेत्रबाट योगदान दिएका खबरकुरा अनलाईनका सम्पादक दिनेश कुमार श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको छ । यसैगरि जेष्ठ नागरिक सम्मानबाट समितिका ओमप्रकाश श्रेष्ठ, जन्मप्रसाद श्रेष्ठ, दुर्गालक्ष्मी जोशी, पुरुषोत्तम राम श्रेष्ठ, चन्द्र कुमारी श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कृष्णकला श्रेष्ठ, सितादेवि गंगालक्ष्मी सुवाल, चमेली देवि श्रेष्ठलाई सम्मानपत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरि प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने, रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई सम्मान गरिएको थियो । समितिमा २ सय ३२ जना सदस्यहरु छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित