तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

११ तस्वीरमा हेर्नुहोस – अस्तव्यस्त र धुलाम्मे बुटवल

बुटवल–बेलहिया व्यापारिक आयोजना अन्तर्गत बुटवलको चौराहदेखि गोलपार्क सम्मको सडक सुस्त गतिमा निर्माण हुँदा जनताले सास्ती खेपेका छन्।

आगामी असार मसान्तसम्म निर्माण पूरा हुने भनिए पनि अहिले साढे तीन किलोमिटर सडकको जम्मा ३० प्रतिशत मात्र काम भएको छ। २०७९ चैतसम्ममा ७० प्रतिशत काम पूरा गर्ने भनिएकोमा अहिलेसम्म ३० प्रतिशत काम भएको हो।

काममा ढिला गरेपछि सडक डिभिजन कार्यालयले गत फागुन ४ गते एक सूचना प्रकाशित गर्दै ठेकेदार कम्पनीहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको थियो। त्यसपछि कम्पनीले काम छिटो सम्पन्न गर्ने बताएको छ। तर, पनि काम सुस्त गतिमा छ।

बिहान मात्र ठेकेदारले सडकमा पानी राखे पनि दिउँसोदेखि साँझसम्म बुटवलको सडकको धुलाले ढाक्ने गरेको छ। औद्योगिक नगरी र व्यापारी नगरी बुटवलको परिचय अहिले ‘धुले बुटवल’को रूपमा परिचित हुन थालेको छ।

सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर महेश्वर लम्साल समयमै काम सम्पन्न गर्ने स्पष्ट आधारसहित स्पष्टिकरण सोधिएकोमा निर्माण कम्पनीले त्यहि अनुरुपको जवाफ पठाएको बताए।

निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ ले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत तीन खण्डमा अलग–अलग ठेक्का लिएको छ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते साढे तीन किलोमिटर सडकको ठेक्का सम्झौता भएको थियो। सम्झौताको ७२ महिना अर्थात ६ वर्ष पूरा भएको छ।

६ वर्षमा पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनी म्याद थप गराउन लागि परेको छ। यसअघि तेस्रो पटक थपिएको म्याद आगामी असार मसान्तमा सकिँदैछ।

अहिले बसपार्कदेखि फाइनान्स सम्मको सडक क्षेत्रलाई वान वे गराएर सडक निर्माणको काम गरेको ठेकेदार कम्पनीले मिलनचोक, बसपार्क अगाडि क्षेत्रमा एक लेयर कालोपत्रे समेत गरिसकेको छ।

रफ्तारमा काम गर्नुपर्ने भए पनि ढिलाइ गर्दा महिना दिनदेखि नै सडक वान वे गराउँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित